१४ आश्विन २०७८, बिहीबार
  • युवराज आचार्य,

झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड ८ नेपाल चोक बस्ने सुकलाल मर्डीकी ५० वर्षीया श्रीमती लतुमाई मर्डी रहेकी छिन् ।

मर्डी दम्पती निगुरो टिपिरहेको अवस्थामा श्रीमती लतुमाई जंगली हात्तीले चन्द्रगढी सामुदायिक वनतर्फ लिएर गएको थियो । उनलाई ४ बजे सेती खोलाको पैनीमा मृत अवस्थामा फेला पारेको झापा प्रहरीले जनाएको छ ।

वेपत्ता हुनासाथ जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी नायव निरीक्षकको ७ जनाको टोली, नेपाली सेनाको लप्टनको कमाण्डमा ४० जनाको टोली ,सशस्त्र प्रहरीको सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ११ जनाको टोली, वन कर्मचारी र स्थानीय समेतले जंगलमा खोजी गर्दा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राकेश थापाले बताए ।

उनलाई बिहान ११ः५० बजे भद्रपुर १० देउनियामा हात्तीले तानेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV