१४ आश्विन २०७८, बिहीबार

भक्तपुर । भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०७८/७९ मा कक्षा ११ मा अध्ययन गर्नको लागि छात्रवृत्तिमा छनोट भएका बिद्यार्थीहरुलाई आज एक कार्यक्रम गरि छात्रवृत्ति प्रदान गरिएको छ ।

छात्रवृत्तिका लागि नगर भित्रको बिभिन्न संस्थागत बिद्यालयहरुबाट ९८ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो ।

कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले विद्यार्थीको आचरण, व्यवहार र संस्कारले सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनु भयो । उहाँले विद्यार्थीहरुमा देश र समाजको निम्ति काम गर्ने भावना हुनुपर्ने पनि बताउनुभयो ।

नगर प्रमुख प्रजापतिल अरुको देखासिकी र प्रशंसामा रमाउने विद्यार्थीहरुले कहिल्यै प्रगति गर्न नसक्ने बताउँदैे उहाँले शारिरीक र मानसिक रुपमा स्वस्थ व्यक्तिले समाज र देश परिवर्तनमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो ।

उहाँले भक्तपुर नपाले गरिब तथा जेहेनदार विद्यार्थीहरुको लागि सहुलियत दरमा शैक्षिक ऋण प्रदान गर्दै आएको जानकारी दिदैं इतिहास, भूगोल, संस्कृति, राजनीतिशास्त्र, भाषालगायतका विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको पानि बताउनु भयो । उहाँले विद्यार्थीलाई सहज रुपमा अध्ययन गर्ने वातावरण सिर्जना गर्न नपाले सातवटा कलेज सञ्चालन गरिरहेको र जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखी ख्वप अस्पताल पनि सञ्चालनमा ल्याईसकेको बताउनुभयो ।

भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष एवम् छात्रवृत्ति छनौट समितिका सदस्य उकेश कवांले विद्यार्थीहरुले आफ्नो लक्ष्य र उद्देश्य पूरा गर्न मेहेनतका साथ अध्ययनमा जोड दिनुपर्छ भन्नुभयो । उहाँले भक्तपुरको शैक्षिक विकासमा नपाबाट सञ्चालित कलेजहरुको विशेष योगदान रह्को बताउनुभयो ।

भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित कलेजहरु ख्वप मावि, बागीश्वरी मावि, बासु मावि, श्री पद्म मावि, आदर्शआजाद, शारदा मावि र शारदा क्याम्पसमा कक्षा ११ मा अध्ययनरत विज्ञान विषयका ३५ जना, व्यवस्थापन विषयका ४८ जना, कानुन विषयका ४, शिक्षा विषयका ६ जना र मानविकी विषयका ५ जना गरी ९८ जना विद्यार्थीहरुलाई भक्तपुर नगरपालिकाले आज छात्रवृत्ति प्रदान गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV