१४ आश्विन २०७८, बिहीबार

काठमाडौँ । नेपाल र भारतले भूकम्पपछिको पुनर्निर्माण एकसाथ समीक्षा गरेको छ ।

दुई राष्ट्रले असोज १४ गते काठमाडौंमा भूकम्प पछिको पुनर्निर्माण परियोजना सम्बन्धि संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक आयोजना गरेको हो ।

बैठक भारत सरकार विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीको सह-अध्यक्षतामा सम्पन्न भएको हो ।

भारत सरकारको सहयोगमा नेपालमा संचालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको समिक्षा गर्न सन् २०१७ अगस्टमा संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) संयन्त्रको स्थापना भएको थियो ।

बैठकमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय, विभाग एवम् निकायका प्रतिनिधि, भारत सरकारका अधिकारी, परामर्शदाता तथा परियोजनाको कार्यान्वयनमा संलग्न सरोकारवालाहरुको उपस्थिति थियो ।

यस अघि जेपीएमसीको बैठक २०७६ फागुन २५ गते भएको थियो । बैठकले भारत सरकारको सहयोगमा नेपालका आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदाको क्षेत्रमा सञ्‍चालित भूकम्प पछिको पुनर्निर्माण परियोजनाहरुको प्रगतिको बृहत समिक्षा गर्‍यो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV