१४ आश्विन २०७८, बिहीबार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ७६५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ५५५ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ सय ९८ जना र ३ हजार २१० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८६ हजार ६१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९११ जना कोरोनामुक्त भए, १२ को मृत्यु

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ११ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ६५ हजार ७५८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ७६५ जनाको परीक्षण हुँदा हालसम्म कुल ४७ लाख ८३ हजार २१७ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १३५ पुगेको छ ।

LIVE TV