१४ आश्विन २०७८, बिहीबार

काठमाडौं । टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नोे एनटर्क परिवारमा ५०,००० सदस्यहरु पुगेको माइलस्टोनलाई मनाउनका लागि सबै एनटर्कीयनको लागि एक सेलिब्रेसन राइडको आयोजना गर्ने भएको छ ।

यो राइड यही असोज १६ गते नक्सालको टिभिएस शोरुमदेखि धुलिखेलको मिराबेल रिसर्ट होटलसम्म हुनेछ । भेन्युमा पुगे लगत्तै लाइभ म्युजिक, मनोरञ्जनात्मक खेलहरु र सहभागीहरुसँग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिने भएको छ ।

यो सेलिब्रेसनको मुख्य उद्देश्य सबै एनटर्कीयनहरुलाई एकै ठाउँमा ल्याउने र एक एनटर्कीयन क्लबको गठन गर्नु रहेको छ । यसले सबै राइडरहरुलाई एक अर्कासँग जोड्नका लागि र आफ्नो एनटर्कीयन अनुभव एक अर्कासँग बाडँ्न मद्दत गर्ने बताइएको छ ।

लाइसेन्स भएका सबै एनटर्कीयनहरुले जगदम्बा मोटर्स टिभिएसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिन सक्नेछन् ।

जगदम्बा मोटर्स प्राइभेट लिमिटेडका उपाध्यक्ष दीपक अग्रवाल ले भने, “हामी हाम्रो टिभियस परिवारमा ५०,००० सदस्यहरु पुगेको घोषणा गर्न पाउँदा अत्यन्तै खुशी छौं र सबै एनटर्क राइडरहरुलाई हार्दिक बधाई दिन चाहन्छौँ । यही संख्याको थपसँगै, हामी हाम्रा राइडरहरुको लागि एक सन्तोषजनक अनुभव प्रदान गर्नको लागि प्रतिबद्ध रहेका छौँं । मलाई आशा छ कि एनटर्कयनहरुले यसको पूर्ण आनन्द लिने छन् र उनीहरुको हरेक यात्रा आनन्दमय हुनेछ ।”

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV