१४ आश्विन २०७८, बिहीबार

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताएका छन् ।

विहीबार संसद भवन नयाँ बानेश्वरमा भट्टराईले आफूहरुको उठान गरेका मुद्धामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसँगमात्र सिधै छलफल गर्नुपर्ने बताएका हुन् ।

अरु गठबन्धन दलसँग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने उनको भनाइ छ । एमाले संवादमा बिश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको उनले बताए ।

एमालेको एजेण्डामा निरुपण गर्ने गरि सरकार र सभामुखले छलफल नै नरहेको भट्टराईको तर्क छ । उनले आफ्ना सांसदको कारवाहीका बिषयमा सभामुखसंग आपत्ति रहेको र पार्टी फुटाउन संसद छलेर अध्यादेश ल्याउने र फिर्ता गर्ने बिषयमा सरकारसंग आपत्ति रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV