१४ आश्विन २०७८, बिहीबार

काठमाडौँ । जिल्ला प्रसाशन कार्यालय काठमाडौंले आज (बिहीबार) बाट अनावश्यक भीडभाड तथा मानिसहरू भेला नगर्न/नहुन आदेश जारी गरेको छ ।

आजै राति १२ बजेदेखि लागु हुनेगरी जिल्ला प्रशासनले अनावश्यक रूपमा भीडभाड नगर्न, मेला—महोत्सव तथा जात्रा लगायत कार्यक्रम नगर्न आदेश जारी गरेको हो ।

ठूला चाडबाड नजिकिएकोले यसका कारण हुने भीडभाडबाट कोरोना संक्रमण पुनः बढ्न सक्ने भन्दै प्रशासनले त्यस्ता गतिविधिमा रोक लगाएको हो ।

चाडबाडका बेला स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी घरभित्रै भेला हुन तथा अनावश्यक रुपमा घर बाहिर भेला हुन नपाउने भनिएकाे छ । साथै भीडभाड गर्न नहुने तथा सभा, जुलुस, मेला, महोत्सव र जात्रा गर्न नपाइने भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले एक आदेश जारी गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV