१४ आश्विन २०७८, बिहीबार

काठमाडौं । रोयल इन्डोर कर्पोरेट कपको खेलमा आइसिएफसीले रिलाइबल नेपालमाथि जित निकालेको छ । बिहीबार भएको खेलमा आइसिएफसीले रिलाइबललाई १० विकेटले पराजित गरेको हो ।

६४ रनको लक्ष पछ्याएको आइसिएफसीले ४.३ ओभरमा एक विकेट पनि नगुमाइ भेटायो । आइसिएफसीलाई सानदार जित दिलाउनको लागि सुर्य तिमिल्सिनाले ३९ रनको योगदान दिए । त्यस्तै सन्तोष यादवले २० रन जोडे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको रिलाइबलले १० ओभरमा ६ विकेट गुमाउँदै ६३ रन जोडेको थियो । रिलाइबलको लागि कल्यानराज होल्वेइले २३ रनको जोडेका थिए ।

उक्त खेलमा आइसिएफसीका तिमिल्सिना म्यान अफ दि म्याच घोषित भए । त्यस्तै बिहीबार नै भएको अर्का खेलमा सेञ्जुरी बैंकले न्युज २४ नेपाललाई १२ रनले पराजित गरेको छ ।

७२ रनको लक्ष्य पछ्याएको न्युज २४ नेपालले पुरै (१०) ओभर खेल्दै ५९ रन मात्रै जोड्यो । न्युज २४ का लागि पियुष बहादुर श्रेष्ठले १० रन र बिम्लेस चौधरीले १५ रन जोडे ।


त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको सेञ्चुरी बैंकले ९.५ ओभरमा ७ विकेट गुमाउँदै ७१ रन जोडेको थियो ।

सेञ्चुरी बैंकको लागि राजन कुमारले ११ रन र सुमित श्रेष्ठले २२ रन जोडेका थिए । ७ टिमको सहभागीता रहेको प्रतियोगता शुक्रबारसम्म हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV