१४ आश्विन २०७८, बिहीबार

काठमाडौं । रोयल इन्डोर कर्पोरेट कपको खेलमा मेगा बैंक विजयी भएको छ । बुधबार भएको खेलमा मेगा बैंकले हिमालयन बैंक र नेपाल लाइफ इन्स्योरेन्सलाई पराजित गरेको हो ।

पहिलो खेलमा मेगाले हिमलयनलाई ७ विकेटले पराजित गरेका थियो भने दोस्रो खेलमा पनि मेगाले नेपाल लाइफ इन्स्योरेन्सलाई ७ विकेटले नै पराजित गरेको गर्यो ।

९७ रनको लक्ष पछ्याएकाे मेगाले ८.२ ओभरमा भेटायाे । मेगालाई जित दिलाउनको लागि जन्मेयोगा एसजेबले ५० रनकाे याेगदान दिए भने सन्दीप धरेलले २५ रन जोडे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको हिमालयनले १० ओभरमा ३ विकेट गुमाउँदै ९६ रन जाेडेकाे थियाे । हिमालयनको लागि आशिस श्रेष्ठले ६१ रनको योगदान दिएका थिए । उक्त खेलमा श्रेष्ठ म्या अफदि म्याच घोषित भए ।

दोस्रो खेलमा ७३ रनको लक्ष पछ्याएको मेगाले ९.१ ओभरमा पुरा गर्याे । मेगाकाे लागि निराज बजगाईँले २३ रनको योगदान दिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल लाइफ इन्स्योरेन्सले १० ओभरमा एक विकेट गुमाउँदै ७२ रन जाेडेकाे थियाे । मेगाकाे लागि किशाेर कृष्णले ३२ रन र रशिक खड्काले १९ रनकाे याेगदान दिएका थिए । खेलको म्यान अफ दि म्याच मेगाका बजगाईँ बने ।

७ टिमको सहभागीता रहेको प्रतियोगता शुक्रबारसम्म आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV