१४ आश्विन २०७८, बिहीबार

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा म्यानचेष्टर युनाइटेडले भिल्लारियललाई पराजित गरेको छ । गएराति भएको खेलमा युनाइटेडले भिल्लारयललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडलाई जित दिलाउनको लागि क्रिस्टियानो रोनाल्डो र एलेक्स टेलेसले समान एक-एक गोल गरे । भिल्लारियको लागि पाको अल्कासरले गरेको गोल सन्त्वान बन्यो । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलको ५३ औँ मिनेटमा अल्कासर गोल गर्दै भिल्लारियललाई अग्रता दिलाएका थिए । उनले डान्जुबाको पासमा गोल गरेका थिए ।

तर त्यो अग्रता लामो समय टिक्न सकेन । खेलको ६० औँ मिनेटमा टेलेसले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले ब्रुनो फर्नान्डेजको फ्रिकिकमा गोल गरेका थिए ।

इन्जुरी समयको पाँचै मिनेटमा रोनाल्डोल गोल गर्दै युनाइटेडलाई पुनरागमन जित दिलाए । च्याम्पियन्स लिगमा युनाइटेडको यो पहिलो जित हो ।

यो जितसँगै युनाइटेडले तीन अंक जोड्दै समूह एफको तेस्रो स्थानमा रहेको छ । एट्लान्टा ४ अंकसहित शीर्षस्थानमा छ भने पराजित भिल्लारिय १ अंकसहित समूहको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV