१४ आश्विन २०७८, बिहीबार

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा इटालियन क्लब युभेन्ट्सले साविकको विजेता इंग्लिस क्लब चेल्सीमाथि जित निकालेको छ ।

गएराति भएको खेलमा युभेन्टसले चेल्सीलाई १–० गोल अन्तरले पराजित गरेको हो । दोस्रो हाफको सुरुमा फेडरिको चिइसा गरेको गोल नै निर्णयक गोल बन्यो । चेल्सी बल आफ्नो स्वामित्व राख्दै दवाव दिएपनि गोल गर्न भने सकेन ।

खेलको ४६औं मिनेटमा चिइसाले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले फेडरिको बर्नरडेस्चीको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल युभेन्टसले जित्यो ।

यो जितपछि युभेन्ट्स समूह ‘एच’ मा २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित चेल्सी ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV