१४ आश्विन २०७८, बिहीबार

वि सं २०७८ साल असोज १४ गते, बिहीबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ सेक्टेम्बार ३० तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– नवमी, १८ः२३ बजे उप्रान्त दशमी । नक्षत्र– पुनर्वशु, २३ः१७ बजे उप्रान्त तिष्य । योग– परिध १७ः५४ उप्रान्त शिव । करण– गर १८ः२३ बजेदेखि वणिज, ३०ः५७ बजे उप्रान्त वव । काठमाडौंमा सूर्योदय बिहान ५ः५६, सूर्यास्त बेलुकी ५ः४९ बजे ।

मेष : व्यपार व्यवसायबाट मनग्य आम्दानी हुने छ । पारिवारिक सम्बधमा सामान्य समाचा देखिने छ । स्वास्थ्यमा क्रमिक सुधार हुने छ ।

वृष : आर्थिक क्षेत्र सबल बन्ने छ । मित्रजनदेखि सहयोग प्राप्त हुने छ । विद्यार्थी वर्गको लागि सामान्य समय बित्नेछ भने कृषक वर्गको लागि राम्रो समय रहने छ ।

मिथुन : आर्थिक समस्या बढ्ने छ पारिवारिक जीवन सामान्य रहने छ । स्वास्थ्यमा समस्या आउनसक्छ । खानपानमा ध्यान दिनु होला । अध्ययन क्षेत्रमा सुधार आउने छ ।

कर्कट : उत्साह र उमङ्ग बढ्ने छ पारिवारिक जीवन सुखमय बित्ने छ । आर्थिक क्षेत्र राम्रो हुने छ । मध्यान्नदेखि स्वास्थ्यमा समस्या आउनसक्ने छ ।

सिंह : आम्दानी भन्दा खर्च बढ्ने छ । बोलिको प्रभाव बढ्ने छ । राजनैतिक क्षेत्र राम्रो रहने छ । वैदेशिक कार्य बन्ने छन् ।

कन्या : व्यपार व्यवसायदेखि आर्थिक सुधार हुने छ । पारिवारिक समस्या मिल्दै जानेछ । स्वास्थ्यमा सुधार आउनेछ । प्रतिष्ठित व्यक्तिहरूको सहयोग प्राप्त हुने छ ।

तुला : मित्रजन देखि धोखा पाइनेछ भने नसोचेको ठाउँदेखि धन आर्जन हुने छ । अध्ययन अध्यापनको कार्य राम्रोसंग चल्ने छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

वृश्चिक : मित्रजनदेखि धोखा पाइन्छ भने पारिवारिक सहयोग प्राप्त हुनाले महत्वपूर्ण कार्य बन्ने छन् । वैदेशिक कार्य तथा यात्राको अवसर मिन्ने छ ।

धनु : मनग्य आम्दानी हुनेछ भने टाढाको यात्रा गर्ने अवसर पनि मिल्ने छ । धार्मिक कार्यमा समम वित्ने छ । दाजु भाइसँग सामान्य विवाद हुन सम्ने छ ।

मकर : वैदेशिक कार्य बन्ने योग मिल्नेछ । आर्थिक सहयोग पाइने छ । पारिवारीक सहयोग प्राप्त हुने छ । मध्यान्नदेखि स्वास्थ्यमा समस्या आउन सक्ने छ ।

कुम्भ : सामान्य तर विवादका कारण ठूलो समस्या हुने छ । बोलिमा संयता अपनाऊनु होला । आर्थिक संमृद्धिको योग रहेको छ । यात्राको अवसर मिल्ने छ ।

मीन : व्यपार व्यवसायमा आर्थिक नोक्शानी हुने योग छ । मित्रतामा समस्या आउने तथा सामान्य विवाद हुने योग छ । प्रेम प्रेमिकाको सम्बन्ध भने राम्रो रहने छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV