१३ आश्विन २०७८, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीप्रति जनताको भरोसा र विश्वास जोगाइराख्न पनि नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका छन् ।

बुधबार नेपाली कांग्रेस काठमाडौं ३२ वडाका नवनिर्वाचित कांग्रेस पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रममा नेता सिंहले बर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधिहरु गरिरहेको र यसले पार्टीको मौलिक सिद्धान्तलाई असर गरिरहेको भन्दै नेतृत्व परिवर्तन गर्न जरुरी रहेको बताएका हुन् ।

उनले पार्टी नेतृत्वले आगामी महाधिबेशन अलोकतान्त्रिक तबरले गर्ने प्रयास गरेको भन्दै आफुहरुले त्यसो हुन नदिने पनि बताए । पदमा जानको लागि तीब्र प्रतिस्पर्धा हुने तर पदमा पुगेपछि जिम्मेवारीबाट पछि हट्ने नेताको प्रवृत्तिले पार्टीलाई अप्ठ्यारोमा उनको भनाइ छ ।

उनले लोकतन्त्र र काँग्रेस एकै सिक्काका दुई पाटा भएको बताउँदै पार्टीभित्र पनि लोकतन्त्रको आन्तरिक अभ्यास हुन जरुरी भएको बताए । त्यस्तै उनले आगामी महाधिवेशनमा नेतृत्वको बिषयमा छलफल भइरहेको र प्रतिष्पर्धा पनि हुने देखिएको भन्दै आफू पनि नेतृत्वको लागि तयार रहेको धारणा राखे ।

उनले आगामी महाधिबेशनमा कसैको प्रलोभनमा नपर्न समेत कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV