१३ आश्विन २०७८, बुधबार

रौतहट । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले १ लाख ८० हजार मुल्य बराबरको पटाकासहित एकजनालाई पक्राउ गरेको छ । सो कार्यालयबाट खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को पूर्वपश्चिम राजमार्ग चाडपर्व लक्षित विशेष चेकजाँचको क्रममा एक बसबाट झोला तथा बोरामा लुकाइ राखेको अवस्थामा सो परिमाणको पटका बरामद गरेको हो ।

प्रहरीले पटका ल्याउँदै गरेका सर्लाहीको पर्सा गाउँपालिका वडा नम्बर ४ घर बताउने २५ वर्षिया संजित साहलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुुख प्रहरी नायव उपरिक्षक लिलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार प्रहरीले सर्लाहीबाट पोखरा जाँदै ग १ ख ६३४१ नम्बरको यात्रुबाहक बसको छत तथा डिकीमा ३ वटा जेब्रा व्याग र दुइवटा बोरामा लुकाएर राखेको अवस्थामा बरामद गरेको थियो ।

पक्राउ परेका साहलाई बिष्फोटक पदार्थ पटाका शिर्षकमा मुद्धा दर्ता गरी रौतहट जिल्ला अदालत रौतहट गौरबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेका छौँ’ प्रहरी नायव उपरिक्षक लामिछाने भने, ‘ चाडपर्वलाई लक्षित गरेर हामीले चेकजाँचलाई बढाएका छौँ । चाडपर्वमा अपराधिक कृयाकलाप नहोस् भनेर हामी सचेत र चनाखो भएर लागिपरेका छौँ ।’

साहलाई कसैले भरियाको रुपमा मात्र प्रयोग गरेको हुनसक्ने र यसको मुख्य योजनकार अरु पनि हुनसक्ने प्रहरीको आशंका छ । बरामद गरिएको पटाकाको बजार मूल्य अन्दाजी १ लाख ८० हजार बराबर रहेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV