१३ आश्विन २०७८, बुधबार

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले पर्यटकीय क्षेत्रलाई सहज र व्यवस्थित रुपमा सञ्चालनका लागि अध्ययन गर्न कार्यदल बनाउने बताएका छन् ।

बुधबार सिंहदरबारमा पर्यटकीय क्षेत्र ठमेलका पर्यटन व्यवसायी, होटल तथा रेष्टुरा व्यवसायीसँग भएको छलफलका क्रममा पर्यटकिय क्षेत्रलाई सहज रुपमा सञ्चालनका लागि देखिएका समस्या समाधानका लागि अध्ययन गर्न कार्यदल बनाउने बताएका हुन् ।

उनले आफू पर्यटकिय क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्न दिने पक्षमा रहेको तर्क गरे । रात्रिकालीन व्यवसायलाई सम्मानित व्यवसायमा रुपान्तरण गर्दै सहज रुपमा सञ्चालन हुनुपर्ने उनको भनाइ छ ।

वर्तमान सरकार पर्यटन व्यवसायीमैत्री रहेको र यस क्षेत्रलाई जोगाउनुपर्ने उनले बताए । कार्यक्रममा व्यवसायीहरुले कोरोना महामारीपछि पर्यटकीय क्षेत्र ठमेलमा निकै समस्या देखिएको र यसलाई समाधान गर्दै सहज रुपमा व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV