१३ आश्विन २०७८, बुधबार

काठमाडौं । बुधबार नेपाल डेरी एसोसिएशनले नेपालमा विभिन्न कार्यक्रम गरि छैटौं विश्व स्कुल दूध दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

स्कुल दूध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन विगत २१ वर्षदेखि विश्वभर सन् २००० देखि भव्यताका साथ मनाउदै आइएको छ ।यस वर्ष विश्वमा २१औं र नेपालमा छैटौं विश्व स्कुल दूध दिवस भव्यताका साथ मनाइएको छ ।

नेपालमा वि.सं. २०७३ सालदेखि एसोसिएशनले विश्व स्कुल दूध दिवस पहिलो पटक सुरु गरेको थियो । बुधबार एसोसिएसनका सबै प्रदेश, जिल्ला, पालिकालगायत ठाउँमा विभिन्न कार्यक्रम गरि छैठौं विश्व स्कुल दूध दिवस सफल रुपमा मनाइएको छ ।

सजिव प्राणिको पहिलो आहारा रहेको दूध पूर्ण भोजनका रुपमा लिइन्छ । दूध सेवनले शारीरिक मात्र नभई मानसिक स्वस्थमा पूर्ण सघाउ पुर्याउने गर्दछ ।

शाकाहारी भोजनकर्ताले विशेष गरि दुध सेवनलाई महत्व दिने गर्दछन् । उदाहरणका रुपमा गौतम बुद्ध, महात्मा गान्धि र वर्तमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दूध सेवनलाई विशेष प्राथमिकताका साथ लिइने गरेको पाइन्छ ।

जापान, कोरिया र चीनजस्ता विकसित देशहरुमा बालबालिकाहरुलाई अनिवार्य रुपमा दूध सेवन गराउने गराइन्छ जस्ले बालबालिकाहरुको दिमाग तेज र स्वस्थ रहेको कुरा अनुसन्धानले पुष्टि गरेको छ ।

यसैकारण आज यी देशहरु विश्वको अग्रपंक्तिमा उभिन सफल रहेका छन् । त्यसैले विश्वमा कुनै पनि बालबालिकाहरु दुध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर यो दिवस मनाइँदै आइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV