१३ आश्विन २०७८, बुधबार

काठमाडौं । विभागिय टोली नेपाल पुलिस क्लब वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा बुधबार गण्डकी प्रदेशलाई पराजित गर्दै समूह बी बाट विजेताको रुपमा अन्तिम आठमा प्रवेश गर्न सफल भएको छ ।

पुलिसले समूह चरणमा तीन खेलमा बिजयी बन्दै कुल ९ अंक जोड्न सफल भएको हो । पुलिसले गण्डकीसँग सहज जित निकालेको हो । पुलिससँग पराजित भएको गण्डकी प्रदेश पनि समूह उपविजेताको रुपमा अन्तिम आठमा स्थान बनाएको छ ।

यस्तै सोही समूहको अर्थहिन खेलमा मणिमुकुन्द भलिबल क्लबले दावाँली मिलन क्लबलाई ३–१ को सान्त्वना जित निकाल्यो । मणिमुकुन्दले दावाँलीलाई पराजित गरेको हो ।

दशरथ रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगितामा भारतीय खेलाडी सम्मिलित टिपटप हेल्प नेपालले सनसनीपूर्ण खेलमा गलकोट स्पोर्टस् क्लबमाथि ३–१ को जित निकाल्यो । हेल्प नेपालले गलकोटलाई पराजित गर्दै समूह ए को विजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरेको हो । यस समूहबाट गलकोट स्पोर्टस् क्लब उपविजेता भयो ।

चैत्र महिनमा आयोजना हुने क्लब लिग भलिबल प्रतियोगिताका लागि यसै खेलका आधारमा पुरुष तर्फ ७ र महिला तर्फ ५ टिमले स्थान बनाउने छन् ।

च्याम्पियन हुने पुरुष तथा महिला टोलीले समान ४ लाख नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । यस्तै दोश्रोले २ लाख र तेश्रोले १ लाख सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । च्याम्पियनसिपका उत्कृष्ट महिला तथा पुरुष खेलाडीले नगद २५ हजार र विधा अन्तरगत स्पाईकर, सेटर, ब्लकर, सर्भर, डिफेन्स र प्रशिक्षकले जनही नगद १० हजार प्राप्त गर्ने छन् ।

रिमिक्स ललितपुर जिल्लाब्यापी ब्याडमिन्टन भोलि भोलीबाट बालकुमारीस्थित रिमिक्स क्लबको आयोजनामा बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ बिहिबारदेखि आयोजना हुने भएको छ ।

ललितपुर जिल्ला भित्रका राष्ट्रिय उच्च २० र्याङिकङ्ग बाहेकका पुरुष युगल र ४५ बर्ष माथिका भेट्रान्स खुल्ला गरि दुई विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक पूर्णभक्त चित्रकारले जानकारी गराए ।

आयोजकको आफ्नै कोर्टमा तीन दिन सम्म संचालन हुने प्रतियोगितामा पुरुष युगल तर्फ ६१ टिमको सहभागिता रहेको प्रतियोगिता रेफ्रि अनुप रत्न शाक्यले जानकारी गराए ।

प्रतियोगितामा बिजयी शिर्ष तिनका टिमले मेडल, ट्रफी, प्रमाण पत्रका साथै पुरुष युगल तर्फ प्रथमले ६५ हजार, द्वितीयले ४० हजार र तृतीय द्वयले २०–२० हजार तथा भेट्रान्स तर्फ प्रथमले ३० हजार, द्वितीयले २० हजार र तृतीय द्वयले १०–१० हजार प्राप्त गर्ने संयोजक चित्रकारले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV