१३ आश्विन २०७८, बुधबार

काठमाडौं । कुस्तीको विश्व च्याम्पियनसीपमा नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्ने भएको छ । नर्वेमा आयोजना हुने विश्व च्याम्पियनसीपमा नेपालका तीन पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

विश्व च्याम्पियनसीपमा सहभागी जनाउने नेपालका सुमिर कुमार साह, सुरेश चुनारा र साहिल अन्सारीको टोलीलाई बुधबार ललितपुरमा नेपाल कुस्ती संघले बिदाइ गरेको छ ।

टोलीलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, संघका अध्यक्ष राज मोहमद अन्सारी, संघका उपाध्यक्ष तथा मुस्लिम आयोगका अध्यक्ष समिम मिँया अन्सारी लगायतले बिदाइ गरेका हुन् ।

बिदाई कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले खेलबाट नेपाललाई बिश्वसामू चिनाउन मद्धत पुग्ने बताए । उनले नेपाली टोलीले पदक जितेर स्वदेश फर्कने विश्वास समेत गरे ।

च्याम्पियनसीप अक्टोबर २ देखि १० सम्म आयोजना हुनेछ । नेपालले पहिलो पटक कुस्तीको विश्व च्याम्पियनसीपमा सहभागिता जनाउन लागेको हो ।

च्याम्पियनसीपमा सुमिरले ९७ केजी तौल र सुरेशले ७४ केजीमा प्रतिस्पर्धा गर्ने छन् भने साहिलको तौल समूह तय भएको छैन । नेपाली टोलीको मुख्य प्रशिक्षमा धर्म राज यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV