१३ आश्विन २०७८, बुधबार

काठमाडौं । रोयल इन्डोर कर्पोरेट कपको उद्घाटन खेलमा आईसी एफसी विजयी भएको छ । बुधबार भएको खेलमा सेञ्चुरी बैंकलाई ७४ रनले पराजित गर्दै आईसी एफसीले पहिलो जित हात पारेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको आईसी एफसीले निर्धारित १० ओभरको खेलमा ५ विकेट गुमाएर १ सय १६ रनको योगफल तयार गरेको थियो । उसका लागि सोमेस यादवले सर्वाधिक ३९ रन, रिमेश रेग्मीले ३४ र संयोग शर्माले २७ रनको योगदान गरे ।

यता, १ सय १७ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको सेञ्चुरी बैंक भने ओभरमा ४२ रनमा अलआउट भयो । खेलको म्यान अफ द म्याच संयोग शर्मा घोषित भएका छन् । त्यस्तै बुधबार नै भएको न्यूज २४ टेलिभिजन र आईसी एफसीबीचको दोस्रो खेलमा पनि आईसी एफसी नै जित हात पारेको छ ।

न्यूज २४ टेलिभिजनलाई ४९ रनले पराजित गर्दै आईसी एफसी नै जित हात पारेको हो । टस जितेर पहिले ब्याटिङ गरेको आईसी एफसीले ७ ओभरमा सबै विकेट गुमाएर ८० रन बनायो ।

८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको न्यूज २४ टेलिभिजन ७ दशमलब ५ ओभरमा ३१ रनमा समेटिन पुग्यो । न्यूज २४ टेलिभिजनका पियुष बहादुर श्रेष्ठले एक ओभरमा ३ विकेट लिदै ह्याट्रिक गरेका थिए । साथै श्रेष्ठले १४ रनको योगदान पनि दिएका थिए । खेलको म्यान अफ द म्याच आईसी एफसीका रिमेश रेग्मी नै घोषित भए ।

उनी एक्लैले २३ बलमा सर्वाधिक ५४ रन बनाएका थिए । ७ टिमको सहभागिता रहेको प्रतियोगता शुक्रबारसम्म हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV