१३ आश्विन २०७८, बुधबार

एजेन्सी । अमेरिकाका दुई शीर्ष सैनिक जनरलले अफगानिस्तानबाट पूर्णरुपमा सैनिक फिर्ता गर्न नहुने सुझाव दिएको बताएका छन् ।

गत अगस्ट महिनामा अमेरिका अफगानिस्तानबाट पूर्ण रूपमा फर्कनुअघि आफूहरूले २,५०० जनाको एउटा सैन्य टोलीलाई त्यही बस्नुपर्ने सुझाव दिएको अमेरिकाका जनरल मार्क मिली र फ्र्यांक म्याकेन्जीले सुझाव दिएको बताएका हुन् ।

राष्ट्रपति जो बाइडेनले  भने अगस्ट ३१ मा आफ्ना सैनिक पूर्णरुपमा फिर्ता गर्नु पूर्व २५ सय सैनिक त्यहिँ राख्ने सुझावबारे आफूलाई याद नभएको बताएका छन् ।

दुवै जनरलहरूले तालिबानले त्यति चाँडै सत्ता नियन्त्रणमा लिन सफल होला भन्ने अनुमान आफूहरूले नगरेको बताएका छन् । जनरल मिलीले तालिबानले तीव्र गतिमा अफगानिस्तान कब्जा गरेको देख्दा अमेरिका अचम्मित रहेको बताए । अफगान सरकार यति सहजै ‘कोल्याप्स’ हुने आँकलन नगरिएको उनले बताएका छन् ।

अमेरिकी सैनिक फिर्ताको क्रमम जारी रहँदा नै तीव्र गतिमा आफ्नो पडक बिस्तार गरेको तालिबानले अगस्ट १५ मा काबुल कब्जा गरेको थियो । अहिले अफगानिस्तानमा तालिबानको सरकार छ ।

माथिल्लो सदन सिनेटको सशस्त्र सेवा समितिमा रहेका सिनेटरले दुई सैनिक जनरललाई अफगानिस्तानबाट सैनिक फिर्तीबारे प्रश्न गरेका हुन् । संसदीय सुनुवाईमा रक्षामन्त्री लोइड अस्टिनपनि उपस्थित थिए ।

सैनिक तथा समस्यामा रहेकाहरुलाई काबुलबाट उद्धार गर्नेक्रम जारी रहेका बेला अगस्ट २६ मा हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलको गेट नजिक भएको आत्मघाती आक्रमणमा १३ अमेरिकी सैनिक तथा कम्तीमा १६९ जना अफगानीको ज्यान गएको थियो ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता अभियानको नेतृत्व गरेका जनरल म्याकेन्जीले रिपब्लिकन सिनेटरको प्रश्नको उत्तर दिनेक्रममा आफूले २५ सय सैनिक अफगानिस्तामै राख्नु पर्ने सुझाव दिएको बताएका हुन् ।

तर राष्ट्रपति बाइडेनले एबिसी टेलिभिजनका पत्रकारलाई दिएको अन्तर्वार्ताको क्रममा आफूलाई त्यस्तो सुझाव आएको याद नरहेको बताएका थिए ।

जनरल मिलीले भने आफूले सैनिक फिर्तीको सुझाव दिएको बताए । उनले केही सैनिक अफगानिस्तानमै राख्नु पर्ने सुझावबारे सिधा उत्तर दिएनन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV