१२ आश्विन २०७८, मंगलवार

काठमाडौं । भारतीय विदेश मन्त्रालयका सहसचिव मंगलबार काठमाडौं आएका छन् । भारतीय विदेश मन्त्रालयका सहसचिव अनुराग श्रीवास्तव नेपाल आएका हुन् ।

उनी संयुक्त परियोजना अनुगमन समितिको बैठकमा सहभागी हुन नेपाल आएका हुन् ।

श्रीवास्तव तीन दिनसम्म नेपाल रहने परराष्ट्र मन्त्रालय उच्च स्रोतले बताएको छ।

नेपाल बसाइका क्रममा उनले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग नेपाल- भारत सम्बन्धका पछिल्ला आयामहरुका बारेमा छलफल गर्ने स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV