१२ आश्विन २०७८, मंगलवार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ३ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार १५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ६७२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ९ सय ४ जना र २ हजार ३३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८४ हजार ३७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १३१८ जना कोरोनामुक्त भए, १२ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ३१८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ६३ हजार ७३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३ जनाको परीक्षण हुँदा हालसम्म कुल ४७ लाख ५६ हजार ९११ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १२ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV