१२ आश्विन २०७८, मंगलवार

एजेन्सी । दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध लगाउने भएको छ ।

दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनले कुकुरको मासु खपतमा प्रतिबन्ध लगाउने सकिने बताएको बीबीसीमा उल्लेख छ।

वर्सेनि दक्षिण कोरियामा १० लाखसम्म कुकुरहरू मासुका लागि मारिने अनुमान गरिएको छ। प्रधानमन्त्रीसंगको एउटा भेटघाटमा राष्ट्रपति मूनले कुकुरको मासु प्रतिबन्धबारे सोच्ने बेला भएको हो कि भनेर प्रश्न गरेको छन्। राष्ट्रपतिले पूर्ण प्रतिबन्धको बारेमा बोलेको भने यो पहिलो पटक रहेको जनाइएको छ । उनी कुकुरलाई माया गर्ने भनेर चिनिएका छन् ।

दक्षिण कोरियामा कुकुर र बिरालोलाई क्रूर तरिकाबाट मार्न नपाइने कानुन छ तर त्यसको मासु खान प्रतिबन्धित छैन। तर हालैका वर्षहरूमा मानिसहरूले कुकुर पाल्न थालेपछि बिस्तारै कुकुरको मासु खान छोड्न थालेका छन्।

प्रधानमन्त्रीले अलपत्र छोडिएका जनावरहरूको सुरक्षाका सम्बन्धमा गरिएका नयाँ व्यवस्थाहरूबारे जानकारी गराएपछि राष्ट्रपतिले यस्तो प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV