१२ आश्विन २०७८, मंगलवार

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ सय ५० ग्राम सुनसहित १५ जना पक्राउ परेका छन् । प्रहरीले सिंगापुर र मलेसियाबाट आएका १५ जनाबाट ७ सय ५० ग्राम सुन बरामद गरेको हो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट १४ थान सुनको बाला र १ थान सिक्री बरामद् गरिएको हो । उनीहरुले भरियाको रुपमा अर्कै व्यक्तिको सुन ल्याइदिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
त्यस्तै पक्राउ परेकाहरुले पनि प्रहरीसमक्ष उक्त सुन आफ्नो नभएको बयान दिएका छन् ।

बयानमा उनीहरुले मलेसिया र सिंगापुरबाट नाम नखुलेका व्यक्तिले उक्त सुन काठमाडौंसम्म पु-याइदिन भनेको र सोही अनुसार आफूहरुले काम गरेको बताएका प्रहरीले जनाएको छ ।

प्रहरीले मलेसियाबाट काठमाडौं आएका यात्रुहरुलाई सुन बोकाइ भन्सार छली गर्न लागेको सूचनाका आधारमा शंकास्पद यात्रुमाथि निगरानी गरेको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार सुनसहित पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि विमानस्थल भन्सार कार्यालय पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV