१२ आश्विन २०७८, मंगलवार

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख (मेयर) शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने गणेश पंगेनी धरौटी बुझाएर रिहा भएका छन् ।

मंगलबार ५ हजार रुपैयाँ धरौटी बुझाएर पंगेनीलाई रिहा गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको हो ।

भदौ ४ गते बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्न गएका मेयर सुवेदीमाथि पंगेनीले मुक्का प्रहार गरेका थिए । मुक्का प्रहार गरेको केही घण्टापछि सार्वजनिक शान्ति सुरक्षाविरुद्धको कसूर अन्तर्गत उनलाई बुटवल प्रहरीले पक्राउ गरेको थियो ।

पंगेनी बुटवलको ज्योतिनगरका पहिरो पीडित पनि हुन् । पहिरो अवलोकन गर्न आएका आफ्नै पार्टीको मेयरमाथि गाली गलौज गर्दै उनले मुक्का प्रहार गरेका थिए । उनी एमाले निकट अनेरास्ववियु रुपन्देहीका जिल्ला सदस्य हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV