१२ आश्विन २०७८, मंगलवार

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’लाई उपचारका लागि थाइल्याण्ड लगिने भएको छ । सुमेरु अस्पतालमा उपचारत पुनको स्वास्थ्यमा कुनै सुधार नभएपछि बैंकक लगिने भएको हो ।

पारिवारिक स्रोतको अनुसार उहाँलाई बुधबार बिहान आठ बजे बैंकक लगिने छ । नेता पुन लामो समयदेखि जण्डिसको बिरामी हुनुहुन्छ । फेरि जन्डिस बल्झिएपछि उपचारका लागि उहाँलाई बैंकक लैजान लागिएको हो ।

चार वर्ष पहिले पनि उहाँलाई बैंककको समितिभेज अस्पतालमा उपचार गरी ल्याइएको थियो । त्यसअघि नयाँदिल्लीमा र थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँले उपचार गराउनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV