१२ आश्विन २०७८, मंगलवार

गुलरिया । दलित महिला संघ बर्दियाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

दोश्रो कोरोना संक्रमणका समयमा रोजगारी गुमाउन पुगेका बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका र गुलरिया नगरपालिकाका बिपन्न परिवारलाई सामाग्री वितरण गरिएको हो ।

दलित समुदायको पक्षमा वकालत गर्दै आई रहेको दलित महिला संघ बर्दियाले बिपन्न गरिब, जेष्ट नागरिक, सुत्केरी महिला लगायत २ सय २ घर परिवारलाई खाद्यान्न वितरण गरेको हो ।

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकाका र गुलरिया नगरपालिकामा कोरोना संक्रमणका समयमा रोजगारी गुमाउन पुगेका र त्यसमा पनि नेपालीहरूको महान पर्व नजिकिएकाले खाद्यान्नको अभाव हुन नदिनका लागि राहत वितरण गरिएको दलित महिला संघ बर्दियाका अध्यक्ष हिमा सुनारले बताउनु भयो ।

संघले बढैयाताल गाउँपालिकाका १ सय ५६ परिवार र गुलरिया नगरपालिकाको ५६ घर परिवारलाई २५ किलो चामल, ५ किलो दाल, २ लिटर तेल, २ किलो नुन, सावन र मास्क वितरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV