१२ आश्विन २०७८, मंगलवार

वि सं २०७८ साल असोज १२ गते, मंगलबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ सेक्टेम्बार २८ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– सप्तमि, १५ः ०५ बजे उप्रान्त अष्टमी । नक्षत्र– मृगशिरा, १९ः बजे उप्रान्त आद्र्रा । योग– व्यतीपात, १७ः२५ बजे उप्रान्त वरियान् । करण– वव १५ः०५ बजेदेखि वालव, २८स्०२ बजे उप्रान्त गर । काठमाडौंमा सूर्योदय बिहान ५ः५२, सूर्यास्त बेलुकी ५ः५१ बजे ।

मेष : कार्य सफलता आर्थिक समृद्धिको बाटोमा अगाडि बढने छ । अध्ययन क्षेत्रपनि राम्रो रहनेछ । पारिवारिक सम्बन्धमा भने किचलो आउने छ ।

वृष : स्वास्थ्यमा सामान्य समस्या आउने छ । नवीन कार्यको थालनि गरिनेछ । केही विवादले गर्दा मनमा अशान्ति हुने छ ।

मिथुन : व्यक्तिगत मनमुटाव हुन सक्नेछ । बोलिमा संयता अपनाउनु होला । आर्थिक क्षेत्र राम्रो हुनेछ । केही महत्वपूर्ण कामहरु बन्ने छन् । मित्रजनको सहयोग प्राप्त हुने छ ।

कर्कट : आफन्तको सहयोग पाइने छैन आर्थिक समस्या पर्ने छ । स्वास्थ्यको कारणले गर्दा महत्वपूर्ण कार्यहरु रोकिने छन् भने रोकिएको पैसा प्राप्तभने हुने छ ।

सिंह : सामान्य मिहिनेतले धेरै फाइदा प्राप्त हुने छ भने विश्वासिलो व्यक्तिदेखि धोखा पाइनेछ कार्यगर्दा सजग रहनु होला । वियार्थी वर्गको लागि भने राम्रो समय रहने छ ।

कन्या : अध्ययन क्षेत्रमा सफल रहने छ । केही महत्वपूर्ण कार्यहरू बन्ने छन् । प्रेम प्रस्ताव आउने छ । राजनैतिक क्षेत्रमा धोका पाइने छ । मध्यान्हदेखि भने स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ ।

तुला : पारिवारि कुराले गर्दा दिनभरि नै मनमा अनेक कुरहरु खेल्ने छन् । नसोचेको व्यक्तिदेखि आर्थिक सहयोग प्राप्तहुने छ । बोलिको प्रभाव बढ्ने छ ।

वृश्चिक : व्यपार व्यवसायमा सफलता प्राप्त हुनाले मनमा उत्साह थपिनेछ । भेटघाटले केही महत्वपूर्ण कार्य बन्ने छन् । दाजुभाइको सम्बधमा केही किचलो हुनसक्ने सम्भावना रहेको छ । यात्रा साफल्यता रहने छ ।

धनु : आर्थिक लेनदेनमा समस्या आउनेछ । प्रतिष्ठित व्यक्तिहरूको साथ पाइनेछ । अध्ययन क्षेत्र राम्रो रहने छ । साँझदेखि स्वास्थ्यमा समस्या आउनसक्छ । खानपानमा सजक रहनु होला ।

मकर : वैदेशिक रोजगारी तथा यात्राको सुरुवात हुने छ । शत्रुद्वारा केही समस्या आउने हुनाले अति नै संयमित भए कार्य गर्नु होला । स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

कुम्भ : विद्यार्थीको तथा व्यपारि वर्गको लागि राम्रो समय रहने देखिन्छ भने रोजगरिको क्षेगमा समस्या आउने छ । स्वास्थ्यमा समस्या आउने छ । खानपानमा ध्यान दिनु होला ।

मीन : सहयोगी व्यक्ति भेटिनेछन् । महत्वपूर्ण कार्य बन्नाले आर्थिक क्षेत्र राम्रो रहने केही खर्चका बाटाहरु भने थपिने छन् । विद्यार्थि वर्गको लागि त्यत्ति राम्रो रहने छैन् । विहानीको समयमा विभिन्न प्रकारका निर्णायक कार्य हुने छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV