११ आश्विन २०७८, सोमबार

काठमाडौं । माधव नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) बाट देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम तय गरेर पठाएको छ ।

नेकपा एसका एक नेताले दिएको जानकारीअनुसार आइतबार बसेको गठबन्धनको बैठकमा अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नोतर्फबाट मन्त्री बन्ने ६ मन्त्रीको सूची बुझाएका छन् ।

उनका अनुसार देउवा सरकारमा सहभागी हुने मन्त्रीहरुमा मन्त्री भइसकेका एक जना पूराना सांसद छन् । उनी हुन्, प्रेमबहादुर आले । तत्कालीन ओली सरकारमा रहँदा वनमन्त्री रहेका थिए ।

आलेसँगै मन्त्री बन्नेहरुमा विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ रहेको ती नेताले बताएका छन् ।

आजको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर भोलिसम्म सरकार विस्तार गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV