११ आश्विन २०७८, सोमबार

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप एकैदिनमा ३ लाख जनाले लगाएका छन् । पछिल्लो २४ घण्टामा ३ लाख १२ हजार ८७४ जनाले कोरोनाविरुद्ध खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म ६१ लख ६५ हजार ५२ जनाले कोरोनाविरुद्धको पूर्णखोप लगाएका छन् । पहिलो मात्रा खोप लगाउनेको संख्या ६७ लाख ९३ हजार ४५६ पुगेको जनाइएको छ।

मुलुकभर कोरोनाविरुद्धको पूर्णमात्रा खोप लगाउने २८.३ प्रतिशत रहेका छन्। पहिलो मात्रा खोप ३१.२ प्रतिशतले लगाइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयले असोजभित्र ३३ प्रतिशत नागरिकलाई पूर्णखोप लगाउने लक्ष्य लिएको बताएको छ ।

नेपालमा कोरोनाविरुद्धको कोभिसिल्ड,अक्सफोर्ड एस्ट्राजेनेका, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप उपयोगमा आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV