११ आश्विन २०७८, सोमबार

काठमाडौं । नेपाल स्काउटका निवर्तमान संयोजक लोकबहादुर भण्डारीले नेपाल स्काउटमा राजनीतिक तुष पोख्न खोजिएको आरोप लगाउनुभएको छ ।

आफ्नो नेतृत्वमा रहेको राष्ट्रिय तदर्थ समितिलाई जिम्मेवारी पुरा नगरेको भन्दै खारेज गरिएको विषयमा बोल्दै उहाँले राजनीपतिक तुष पोख्न खोजिएको बताउनुभएको हो ।

सरकारले दिएको जिम्मेवारी आफुहरुले पूरा गर्न नसकेको सरकारको दाबी अस्वीकार गर्दे उनले मन्त्रीपरिषद्को विधायन समितिमा अड्किरहेका स्काउटको ऐन दिन नसक्ने सरकराले आफुहरुलाई असक्षम भएको बताउन नमिल्ने बताउनुभयो । भण्डारीले भन्नुभयो ‘सरकारले हामीलाई ऐन दिनुपथ्र्यो, त्यसको ६ महिनाभित्र हामीले निर्वाचन गर्नुपथ्र्यो, खैँ त हामिलाई सरकारले ऐन दिएको ।

स्काउटको ड्रेसमा राजनीति गर्ने केही व्यक्तिले समितिको विषयमा गलत प्रचार गरेको भरमा प्रधानमन्त्रीले समिति खारेज गर्न नमिल्ने बताउनुभयो । साथै उहाँले प्रधानमन्त्री जस्तो व्यक्तिले तथ्यहिन कुरामा निर्णय लिनु गलत भएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV