११ आश्विन २०७८, सोमबार

काठमाडौं । भ्रष्टाचार गरेको आरोपमा निलम्बित तत्कालीन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मा विशेष अदालतमा हाजिर भएका छन् ।

जथाभावी कर छुट दिएर राज्यकोषमा १ अर्ब ३३ लाख २० हजार ५८५ रुपैयाँ घाटा लगाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मुद्धा खेपिरहेका शर्मा सोमबार अदालतमा हाजिर भएका छन् ।

गत असार ९ गते शर्मासहित तत्कालिन आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रकाश ढकालविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा अहिले बयान लिने काम भइरहेको बताइएको छ ।

इजलासमा बयान सकिएपछि शर्मालाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV