११ आश्विन २०७८, सोमबार

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) संशोधन हुन नसक्ने बताएका छन् ।

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन अमेरिका पुगेका मन्त्री खड्काले एमसीसी संशोधन हुन नसक्ने बताएका हुन् ।

मन्त्री खड्काले भने, एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड यसको प्रकिया छ, नेपालले संशोधन गर्दा एमसिसी लागू भएका देशसमेत प्रभावित हुने भएकोले यो लवागू हुन कठिन हुन्छ ।

सामाजिक सञ्जालले एमसीसीबारे नकारात्मक प्रचार गरेको बताए । उनले भने, ‘गाउँगाउँमा एमसीसी गलत भनेर छरिएको छ । म आफ्नो जिल्लामा जाँदा कुटाइ खाइएला भन्ने डर भइसक्यो । माइतीघर मण्डला खबरदार एमसीसी पास गरेपछि तिमीलाई मार्छौ भन्ने नारा लाग्छ,’ उनले भने, ‘बाबुराम भट्टराईको नेतृत्वको सरकारबाट एमसीसी सुरु भयो । त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा हुँदाखेरी त्यतिबेलाका अर्थमन्त्रीलाई पठाएर हस्ताक्षर भएको छ । सबै दलका नेतृत्वले नै यदि संशोधन गर्ने नै हो भने त्यतिबेला पास गर्न दिनुहुँदैन थियो ।’

उनले निवर्तमान प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभामा जसरी पनि एमसीसी पास हुने बताए पनि अहिले बोली फेरेको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV