११ आश्विन २०७८, सोमबार

काठमाडौं । कतारका राजकुमारी शेखा आस्मा अल थानीले मनास्लु हिमालको सफल आरोहण गरेकी छन् ।

उनले आज सोमबार बिहान १०:३० बजे मनास्लुको सफल आरोहण गरेकी हुन् । मनास्लु हिमाल विश्वको आठौँ अग्लो हिमाल हो । यो हिमालको उचाइ ८,१६३ मिटर अग्लो रहेको छ ।

गोरखामा रहेको उक्त हिमाल आरोहणका लागि राजकुमारी शेखा इलाइट हिमालय एड्भेञ्चर कम्पनीबाट गएकी थिइन् । ।  शेखासँगै विभिन्न मुलुकका ५ नागरिकले मनास्लुको सफल आरोहण गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV