११ आश्विन २०७८, सोमबार

काठमाडौँ । यस वर्षको बडादशैँ, दीपावली तथा छठपर्वलगायत स्थानीय चाडबाड अवधिभर शान्तिसुरक्षा प्रभावकारी बनाउन आधुनिक सुरक्षा प्रविधि र उपकरणको अधिकतम प्रयोग गरिने भएको छ ।

महानगरीय प्रहरी प्रमुख हरिबहादुर पालले उपत्यकमा हुनसक्ने विभिन्न प्रकृतिका आपराधिक गतिविधि नियन्त्रणका लागि प्रहरी जनशक्तिका अतिरिक्त तालिमप्राप्त प्रहरी कुकुर, सीसी क्यामरा, डिटेक्टर मेसिन, ब्रेथलाइजर र राडर गनलगायत सुरक्षा उपकरण तथा प्रविधिको प्रयोग गरिने बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV