११ आश्विन २०७८, सोमबार

एजेन्सी । स्पेनिस् ला लिगामा बार्सिलोनाले लेभान्टेमाथि सानदार जित निकालेको छ । आइतबार भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई सहज जित दिलाउनको लागि मेम्फिस डिपाए, लुक डि जोङ र अन्सु फातिले समान एक-एक गोल गरे । फाति १० महिनापछि मैदान फर्किएका हुन् । गत नोभेम्वरमा चोट बोकेयता उनले पहिलोपल्ट खेल्दै गोल गर्न सफल भए ।

खेलको सातौ मिनेटमा डिपाएले पेनाल्टमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । लेभान्टेको खेलाडी डिपाएलाई फल गरेपछि बार्सिलोनाले पेनाल्टी पाएको थियो ।

१४औं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । उनले सर्जिनो डेस्टको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा सब्सिच्युट फरवार्ड अन्सु फातीले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । फाती ८१औं मिनेटमा लुक डि जोङको स्थानमा मैदान छिरेका थिए ।

यो जितसँगै अपराजित रहेको बार्सिलोना ६ खेलबाट १२ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । बार्सिलोना शीर्ष स्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि छ । यद्दपि बार्सिलोनाले एक खेल कम खेलेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV