११ आश्विन २०७८, सोमबार

काठमाडौं । मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ओमानसँग ठूलो गोलअन्तरले पराजित भएको छ । गएराति कतारको राजधानी दोहामा भएको मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग ७-२ गोलअन्तरले पराजित भएको हो ।

ओमान नेपालभन्दा बलियो टिम हो । उसका लागि अब्दुल्लाजिज अल मुक्बालीले दुई गोल गरेका थिए । त्यस्तै फामी सेद, मोसेन जाहर, इसाम अल सुभी, मोहसेन अल घासनी र जमिल एल यह्मादीले एक एक गोल गरेका थिए । यता नेपालका लागि भने आयुस घलान र अनन्त तामाङले एक एक गोल गरेका थिए ।

आगामी शुक्रबारबाट शुरु हुने साफ च्याम्पियनको तयारीका लागि कतारमा रहेको नेपाली टीमले फिफा बरियताका ९० औं स्थानमा रहेको ओमानसँग प्रतिस्पर्धा गरेको हो ।

नेपालले शुक्रबार नै आयोजक माल्दिप्ससँगै पहिलो खेल खेल्नेछ । साफ च्याम्पियनको तयारीस्वरुप यसअघि नेपालले भारतसँग पनि मैत्रीपूर्ण खेल खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV