११ आश्विन २०७८, सोमबार

वि सं २०७८ साल असोज ११ गते, सोमबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ सेक्टेम्बार २७ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस ।

मेष : आकस्मिक लाभ हुनाले मनमा आनन्द आउने छ । केह सामाजिक तथा राजनैतिक समस्या आउने देखिन्छ। विद्यार्थी वर्गको लागि राम्रो समय रहने छ । यात्रामा निकै मनोरञ्जन हुने छ ।

वृष : कार्य सफलता आर्थिक उन्नति हुने योग छ । पारिवारिक समस्या बढ्ने छ । अध्ययन कार्यमा त्यति ध्यान जाने छैन । धार्मिक तथा सामाजिक कार्यमा समय व्यतित हुने छ ।

मिथुन : मित्रजनको सहयोगमा कार्य सफल हुने छ । स्वास्थ्यमा सामान्य समस्या आउने छ । पारिवारिक सम्बन्ध प्रगाढ बन्ने योग रहेको छ । शत्रु परस्त हुनेछन् ।

कर्कर : आर्थिक कारोवार गर्दा निकै सावधानी हुनु पर्ने छ । स्वास्थ्यमा केही समस्या आउने योग छ । भोजनमा संयता अपनाऊनु होला । केही महत्त्वपूर्ण कार्य मध्यान्नदेखि हुने छन् ।

सिंह : मनमा खिन्नता आउने छ । काम गर्न मन जाने छैन । दाजुभाइसँगको संबन्ध राम्रो रहने छ । प्रेम सम्बधमा केही किचलो हुने छ भने आर्थिक पनि केही अभाव पर्नसक्छ ।

कन्या : आर्थिक लेनदेनमा समाया आउछ । रोकिनका कार्य भन्ने बन्ने छन् । लामो दुरिको यात्रा गर्ने अवसर मिल्ने छ । राजनैतिक प्रतिष्ठा बन्ने छ । स्वस्थ स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ ।

तुला : सोचेका कार्यहरु बन्ने छन् । आर्थिक उन्नति बन्ने छ । स्वास्थ्यमा सामान्य समस्या आउनसक्छ । खानपानमा ध्यान दिनु होला । अध्यय क्षेत्र पनि त्यत्ति राम्रो नरहला ।

वृश्चिक : सोचेको कार्यहरु बन्ने छैनन् । मनमा अनेक कुराहरु खेल्नेछन् । आर्थिक क्षेत्र पनि त्यति राम्रो देखिँदैन । मित्रजनदेखिको सहयोगले मध्यान्नदेखि शुभ रहने छ ।

धनु : आफन्तदेखि टाढिनु पर्ने हुँदा मनमा खिन्नता हुने छ । दाजु भाइको सहकार्यमा नवीन कार्यहरुको थालनी हुने छन् । राजनैतिक क्षेत्रभने राम्रो रहने छ । दाम्पत्य जीवनमा धेरैकुरा प्राप्त हुने छन् ।

मकर : स्वास्थ्यमा साफल्यता प्राप्त हुने छ । सोचेको भन्दा पनि बढी आर्थित समस्या आउन सक्छ । अतिनै सावधानीका साथ कार्य गर्नु होला । व्यापार व्यवसायमा धोका दिने छन् । पुरानो आउनु पर्ने पौसा आउने सम्भावना रहेको छ ।

कुम्भ : वैदेशिक कार्य बन्ने छन् । स्वास्थ्यमा सफलता हासिल हुने छ । आर्थिक क्षेत्रपनि राम्रो रहनेछ अध्ययनमा भने त्यत्ति समय दिइन पाइने छैन । बुवा–आमासँग मिलन हुने योग रहेको छ।

मीन : मानपदवि प्राप्त हुनेछ । आर्थिकभन्दा पनि सामाजिक क्षेत्रमा चहलपहल बढ्ने छ । प्रेम प्रस्ताव आउनाले मनमा उमङ्ग बढ्ने छ । मध्यान्तपछिको समयमा महत्वपूण रहने छ । मित्रजनदेखि पूर्ण सहयोग प्राप्त हुने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV