१० आश्विन २०७८, आईतवार

धनुषा । टिपरले ठक्कर दिएर एक जनाको ज्यान लिएपछि आक्रोसित स्थानीयले जनकपुरधामको पिडारी चोकमा टिपरमा आगजनी गरेका छन् ।

प्रहरीका अनुसार ना.७ ख.४७४१ नम्बरको टिपरको ठक्करबाट भारतीय नागरिक अन्दाजी ४५ वर्षीय आनन्द किशोर दासको मृत्यू भएको हो । दासको घटनास्थलमै मृत्यू भएपछि आक्रोसित स्थानीयले उक्त टिपरमा आगजनी गरेको बताइएको छ ।

चौराहामा गलत बाटोबाट हिडेपछि टिपरको दासलाई ठक्कर दिएको र उनको घटनास्थलमै मृत्यू भएको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए । टिपर चालकलाई नियन्त्रणमा लिइसकेको पनि उनले बताए ।

आगजनीबाट टिपर क्षतिग्रस्त बनेको छ । अहिले पिडारी चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । स्थानीयले ठक्कर दिनेलाई कडा कारबाहीको माग गरेका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

LIVE TV