१० आश्विन २०७८, आईतवार

काठमाडौं । आइतबार होटेल हार्दिकको हलमा खचाखच मान्छेहरु भरिएका थिए । कार्यक्रम थियो–नेपाल मुस्लिम इत्तेहाद संगठन केन्द्रीय कमिटीको राष्ट्रिय भेला । कार्यक्रममा प्रमुख अतिथीका रुपमा बोलाइएको थियो, नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई ।

साढे १२ बजे कार्यक्रम सुरु भएको थियो । तर, अध्यक्ष ओली भने अनुपस्थित थिए । कार्यक्रम उद्घोषकले अध्यक्ष ओली आउने लागेको भनेर कार्यक्रमको सुरुमै भनेका थिए ।

कार्यक्रममा उनको भाषण सुन्न घण्टौँसम्म पर्खेर बस्नेहरु ओली नआएपछि उनीहरु फर्कन खोज्दै थिए । तर, उद्घोषकले रोके । कार्यक्रमको बीचमा एमाले नेता गोकर्ण विष्ट आए । एक घन्टाभन्दा बढीसम्म लगातार भाषण दिए । उनले भाषण सक्न लाग्दा पछाडिबाट उद्घोषकले ‘अध्यक्षज्यू नआइन्जेसम्म बोल्दिनुन’ भनेर अड्काए । तर, ओली आएनन् ।

एक घन्टाभन्दा बढी भाषण गरेर थाकेपछि गोकर्ण विष्टले भाषण विट मारे । तर, त्यत्तिन्जेसम्म पनि ओली आइ पुगेनन् । तर, सबैजना ओलीलाई पर्खेर बसे । ओली आउँदै आएनन् ।

त्यसपछि ओलीलाई पर्खनेहरु हलबाट बाहिरिए । हतार हतार फेरि कार्यक्रम सञ्चालकले ओली आउन लागेको भन्दै उनीहरुलाई हलभित्र फर्काएका थिए ।

तर, साढे चार बज्दासम्म ओली पुगेका छैनन् । उनी अहिले नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा रहेका छन् । बैठकमा १० टोली नेताले दिएको सुझाव प्रतिवेदनबारे जवाफ दिइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV