१० आश्विन २०७८, आईतवार

भक्तपुर । नेपाली कांग्रेस भक्तपुर नगरपालिकामा राजेन्द्र तमखुको प्यानल विजयी भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत आईतबार भएको निर्वाचनमा नगर कार्यसमितिमा तमखुको प्यानल विजयी भएको हो ।

निर्वाचनमा तमखुले ८९ मत ल्याई विजयी भयो भने पराजित हुनु भएका राम कासुलाको प्यानलले ६८ मत प्राप्त गरेको निर्वाचन कमितिले जनाएको छ । आज नगर सभापति तमखुको प्यानलमा राजन जाशी, रोशन तुकँबन्जार, सजिवमा रत्नसुन्दर खुजु र सुनिल राज दैवज्ञ, महासचिवमा विष्णु प्रसाद गणेजु र आरती रञ्जीत, नगर क्षेत्रीय प्रतिनिधिमा रमा ढकाल शिल्पकार र विश्वजित भैल विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV