१० आश्विन २०७८, आईतवार

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७३६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ५८९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ७ सय ३० जना र ५ हजार १४७ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ८१ हजार ९३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १२७९ जना कोरोनामुक्त भए, ९ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार २७९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ६१ हजार १५४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार ७३६ जनाको परीक्षण हुँदा हालसम्म कुल ४७ लाख २७ हजार ४२० जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप ९ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV