१० आश्विन २०७८, आईतवार

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशलाई निष्क्रिय बनाउने विषयमा छलफल भएको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा आइतबार बिहान भएको छलफलका क्रममा अध्यादेश फिर्ता लिने बिषयमा छलफल भएको एक नेताले जानकारी दिए ।

अध्यादेशका बारेमा टुङ्गो नलगाएसम्म मन्त्रिपरिषद् बिस्तार हुने नदेखिएपछि गठबन्धनदलहरुले यसलाई फिर्ता लिने बिषयमा छलफल गरेका हुन् ।

त्यस्तै बैठकमा मन्त्रिपरिषद् विस्तारमा ढिला भएको र एकदुई दिनभित्रैमा टुंगोमा पुग्ने गरि तयारी गर्ने नेताहरुले सहमति गरेका छन् । बैठकमा संसदको गतिरोध र पछिल्लो घटनाक्रममा पनि छलफल भएको थियो ।

सरकार गठन भएको लामो समयबित्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन नसक्दा सरकारको आलोचना भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV