१० आश्विन २०७८, आईतवार

एजेन्सी । बेलायतका विभिन्न ठाउँमा रहेका इन्धन पम्पमा सवारी साधनको लाइन छ । पेट्रोल र डिजेल पाउने आशमा बसिरहेका छन्, चालक । तर, पम्पमा पेट्रोल र डिजेल छैन ।

पम्पमा इन्धन संकट भएपछि ढुवानी सेवामार्फत् बजारको माग पूरा गर्न सकिएको छैन । इन्धन संकट भएपछि सुपरमार्केट, औषधीलगायत क्षेत्रमा गम्भीर असर पुगेको छ ।

ब्रेक्जिट र कोभिड–१९ का कारण इन्धन आपूर्तिमा समस्या भएको एजेन्सीहरुले उल्लेख गरेका छन् । यी दुई कारणमध्ये ब्रेक्जिट अर्थात् युरोपियन मुलुकबाट बेलायतको बहिर्गमनलाई नै मुख्य ठानिएको छ ।

तर, बेलायत सरकारले भने स्थानीय समस्या भएका कारण चाँडै इन्धन आपूर्तिको व्यवस्था गर्ने भनेको छ । यद्यपि, सरकारले इन्धन आपूर्ति सहज बनाउन नसकेको एजेन्सीहरुले जनाएका छन् ।

एए मोटरिंग एसोसिएशनका प्रमुख, एडमण्ड किंगले गत हप्ता बीबीसीसँग भने चालकहरुको अभावका कारण यो ‘स्थानीय समस्या’ उत्पन्न भएको बताएका थिए ।

उनले भनेका छने् ‘हिजो हामी सरकारी मन्त्रीहरुसँग छलफलमा थियौं, र हामीले प्रमुख ईन्धन कम्पनीहरुसँग पनि कुरा गर्यौं । र हामी दोहोर्याउन सक्छौं कि स्रोत साधनमार्फत इन्धन आपूर्तिमा कुनै समस्या छैन।’

बेलायतमा इन्धन अभाव भएपछि कर्मचारीहरुलाई राख्न र उनीहरुको सीप खेर गइरहेको एए मोटरिङका डेपुटी प्रमुख एन्जेला रेनरले भनेका छन्। साथै, यसतर्फ सरकारले सम्बोधन गर्न नसकेको उनको भनाइ छ ।

नयाँ वर्ष नजिकिदै गर्दाै इन्धन आपूर्तिमा समस्या उत्पन्न भएपछि ‘क्रिसमस’ लाई असर पुर्याउने देखिएको पनि एजेन्सीहरुले उल्लेख गरेका छन् । सरकारले अवकाशप्राप्त ४० हजार कर्मचारीलाई काममा फर्काउने पहल भने भइरहेको एजेन्सीहरुले जनाएका छन् ।

यता। पेट्रोल रिटेलर्स एसोसिएसनका प्रमुख ब्रायन मैडर्सन भने इन्धन आपूर्ति अब झन् खराब हुँदै जाने बताएका छन् ।

‘आपतकालीन सेवाहरु हुन सक्छ, सुपरमार्केटहरुमा डेलिभरी हुन सक्छ, राष्ट्रिय स्वास्थ्य सेवो कामदारहरु, डाक्टरहरु, फायरमेन, ईन्धनका लागि २४ घण्टा हुन सक्छ । त्यहाँ साँच्चै गम्भीर असर पुग्नेछ,’ उनले भनेका छन्, ‘मलाई लाग्छ यो स्थिति अझ राम्रो हुनु भन्दा पहिले झन् खराब हुँदै जानेछ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV