१० आश्विन २०७८, आईतवार

काठमाडाैँ । नेपाल प्रज्ञा प्रतिष्ठानमा कथाकार तथा शिक्षक नेता लक्ष्मीकिशोर सुबेदीको कथा सङ्ग्रह ‘तमोरको सुसेली’को लोकार्पण सम्पन भएको छ ।

शिक्षाविद् तथा साहित्यकार खगराज बराजको प्रमुख आथित्यतामा सम्पन समारोहको अध्यक्षता चर्चित आख्यानकार भुवनहरि सिग्देलले गर्नु भएको थियो ।

भारी सभामा उपस्थित नाटककार अशेष मल्ल, मदन पुरस्कार विजेता महेशविक्रिम शाह, साहित्यकार अरुण सुबेदी, लेखककी आमा र लेखक स्वयंले सयुक्त रूपमा पुस्तकको लोकार्पण गर्नु भएको थियो ।

पुस्तकमाथि बोल्दै मदन पुरस्कार विजेता लेखक शाहले आञ्चलिक, शिक्षक र विद्यार्थीको सम्बध र यौन मनोविज्ञानको समिश्रण रहेकोले पुस्तक सबैले पढन उपयुक्त रहेको बताउनु भयो ।

नाटककार अशेष मल्लले आफू जन्मिएको ठाँउको कथाहरू भएकोले कथाहरू मन परेको र आफ्नो बालापनको सझना गराएको बताउनु भएको थियो ।

नेपाल सरकारका पुर्व सचिव तथा साहित्यकार खगराज बरालले कथाहरू पढ्दै जाँदा समय सकिएको थाहा नहुने र कथाभित्र रहेका संवादहरू दार्शनिक रहेको र कथा सबैले पढन योग्य रहेको बताउनु भएको थियो ।

कार्यक्रम समापन गर्दै आख्यानकार भुबनहरि सिग्देलले कथाले नेपालको पूर्वी भागको मनमोहक भ्रमण गराएको बताउनु भयो ।

चर्चित उद्धोषक सरोज घिमिरेले सञ्चालन गरेको कार्यक्रममा पाठक र साहितयकारको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV