१० आश्विन २०७८, आईतवार

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपिएल)मा चितवन टाइगर्सले विजयी सुरुवात गरेको छ । आइतबार भएको खेलमा चितवनले विराटनगर वारियर्सलाई २ विकेटले पराजित गरेको हो ।

जितका लागि १ सय ५२ रनको विजयी लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

चितवनलाई जित दिलाउको लागि राजेश पुलामी ४३ रनमा अविजित रहे । उनले ३९ बलमा २ चौका र २ छक्का प्रहार गरेका थिए । शाहव आलम १ रनमा अविजित रहे ।

इशान पाण्डे १०, भिम सार्की ११ बलमा ३०, दीलिप नाथ २१ बलमा २३, करिम जन्नत १८ बलमा १९, कप्तान सोमपाल कामी ९ र कमलसिंह ऐरी एक रन बनाइ आउट भए ।

त्यसअघि टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो ।

विराटनगरको लागि सिकन्दर राजाको ६७ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले दुई चौका र सात छक्का प्रहार गरे ।

सौरव खनालले अविजित ३० रनको योगदान गरे । त्यस्तै, सोमपालले पहिलो ओभरको अन्तिम बलमा रियान पठानलाई बोल्ड आउट गरे । पठानले ४ रन बनाए ।

विराटनगरले पहिलो ओभरमा दुई विकेट गुमाएको थियो । चितवनका कप्तान सोमपाल कामीले टिमका लागि पहिलो ओभरमा दुई विकेट लिएका थिए । उनले पहिलो ओभरको दोस्रो बलमा आसिफ शेखलाई क्याच आउट गराए । सोमपालको बलमा करिम जनतले क्याच आउट गरेका हुन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV