१० आश्विन २०७८, आईतवार

काठमाडौं । आइतबार पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीले माउन्टेन फ्लाइट गरेका छन् । यति एयरलाइन्सले थालनी गरेको माउन्टेन फ्लाइटको सुरुवात अफ्रिदीसँगै गरेको हो ।

अफ्रिदीको फ्लाइटले कोरोना भाइरसको महामारीपछि पर्यटन क्षेत्रबारे सकारात्मक सन्देश दिलाउनका लागि पनि सहयोग पुग्ने जनाइएको छ । विशेषतः नेपालको पहिचान विश्वभर फैलाउन अपेक्षा लिइएको छ ।

अफ्रिदीलाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कम्पनीका अधिकारीहरुले जहाजमा स्वागत गरेका थिए भने एयरहोस्टेसहरुले हिमाल पहिचानमा सहयोग गरेका थिए ।

आइतबार अफ्रिदीसँगै कुल ४४ जना यात्रु उडानमा सहभागी रहेका थिए । टिकट ८८४८ रुपैयाँमा बिक्री गर्ने गरी यतीले पर्वतीय उडान सुरु गरेको हो ।

अब, उडान हरेक आइतबार हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV