१० आश्विन २०७८, आईतवार

एजेन्सी । स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा रियल म्याड्रिड भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो ।

यो सिजन रियलको यो दोस्रो बराबरी हो । यसअघि रियलले लेभान्टेसँग ३–३ गोलको बराबरी खेलेका थिए ।

यो बराबरीपछि पनि अपराजित रहेको रियल ७ खेलमा १७ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । रियलले दोस्रो स्थानमा रहेको एक खेल कम खेलेको सेभियालाई ३ अंकले पछि पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV