१० आश्विन २०७८, आईतवार

एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोन्टपेलिएरमाथि सहज जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले मान्टपेलिएरलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई सहज जित दिलाउनको लागि इड्रिसा गाना गुआई र जुलियन ड्राक्सलरले गोल गरे । पहिलो र दोस्रो हाफमा समान एक गोल निस्किएको थियो ।

खेलको १४औं मिनेटमा इड्रिसा गाना गुआईको गोलमा पीएसजीले अग्रता लिएको थियो । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए ।

८८औं मिनेटमा जुलियन ड्राक्सलरले गोल गर्दै पीएसजीलाई सहज जित दिलाए । उनले नेयमारको पासमा गोल गरेका थिए ।

योसँगै पीएसजीले शत प्रतिशत जितलाई निरन्तरता दिएको छ । ८ खेल खेलको पीएसजीले २४ अंक जोडेको छ ।
दोस्रो स्थानमा रहेको मार्सेको ७ खेलबाट १४ अंक छ । पराजित मोन्ट पेलिएर ९ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV