१० आश्विन २०७८, आईतवार

वि सं २०७८ साल असोज १० गते, आइतबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ सेक्टेम्बार २६ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– पञ्चमी, १०ः५८ बजे उप्रान्त षष्ठी । नक्षत्र– कृत्तिका, १३ः४९ बजे उप्रान्त रोहणी । योग– बज्र, १६ः१५ बजे उप्रान्त सिद्धि । करण– तैतिल १०ः५८ बजेदेखि गर, २४स्०० उप्रान्त वव । काठमाडौंमा सूर्योदय बिहान ५ः५४, सूर्यास्त बेलुकी ५ः५४ बजे ।

मेष : कार्यमा बाधा व्यवधान आउने हुँदा अति नै संवेदनशिल हुनु होला । स्वास्थामा समस्या आउने छ । अध्ययन क्षेत्र राम्रो रहने छ भने आर्थिक क्षेत्र पनि राम्रो रहने छ ।

वृष : अध्ययन तथा कार्य सफला हुने छ । आर्थिक सुधार तथा मित्रजनसँग सम्बन्ध राम्रो रहने छ । केही कुरा काट्ने मानिसहरु बढ्ने छन् । राजनैतिक क्षेत्रमा सुधार हुनाले राम्रो हुनेछ ।

मिथुन : पारिवारिक सम्बन्धमा किचलो हुने देखिन्छ । बोलिका संयता अपनाउनु पर्नेछ । आर्थिक कारोबारमा किचलो रहनेछ । अध्ययनमा समय नदिनाले मध्यन्न पछि खिन्नता हुनेछ ।

कर्कट : प्रेम सम्बन्ध अगाडी बढ्ने छ । रोकिएका कार्यहरु बन्नाले मनमा उत्साह बढ्नेछ । स्वास्थ्यमा भने सामान्य समस्या आउने देखिन्छ । वैदेशिक यात्रीको लागि सुखद् समय छ ।

सिंह : मनमा अनेक कुराहरु खेल्नेछन् । मित्रजनदेखि आर्थिक कारोवारमा समस्या आउने छ । यात्रामा समस्या आउनाले महत्वपूर्ण भेटघाट रोकिन छ । धार्मिक कार्यमा समय व्यतित हुने छ ।

कन्या : व्यपार व्यवसायमा लगानी बढाउनुपर्ने हुन्छ । मित्रजनसँगको मिलनले दिन रमाइलोसँग बित्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । पारिवारिक जीवन राम्रो रहने छ ।

तुला : स्वास्थ्या केही समस्या आउने देखिन्छ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । आर्थिक कारोवार गर्दै नगर्नु होला । केही महत्वपूर्ण निर्णय भने हुनेछ ।

वृश्चिक : मिष्ठान्न भोजनको अवसर मिल्नेछ । यात्राको अवसर पनि मिल्ने छ । सम्वन्धमा किचलो हुनाले मध्यान्नदेखि मनमा खिन्नता आउने छ । व्यपारि वर्गको लागि राम्रो समय रहने छ ।

धनु : व्यपार व्यवसायबाट सोचेको भन्दा बढिनै लाभ हुने छ । अध्ययन अध्यापनमा भने त्यति राम्रोसँग समय व्यतित हुने छैन । केही महत्वपूर्ण निर्णयले गर्दा दिन समग्रतामा शुभ नै रहनेछ ।

मकर : वैदेशिक कार्य तथा आर्थिक कारोवार राम्रो हुने छैन । परिवारिक समस्या समाधान हुने छ । हतारमा कुनै पनि निर्णय नगर्नु होला । मध्यान्न पछि को समय राप्रो रहनेछ ।

कुम्भ : सानो सानो समस्याले गर्दा दिनभरि नै तनाब पूर्ण समय बित्नेछ । आफन्तले सहयोगभन्दा पनि समस्यामा थपिदिने छन् । विद्यार्थी वर्गको लागि राम्रो दिन रहने छ ।

मीन : व्यपारिक वर्गको लागि राम्रो समय रहने छ । खराब संगतले गर्दा ठूलो समस्या आउने छ । खानपानम ध्यान दिनु होला । केही दुःखद् खवर सुन्नु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV